arrow

रोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७७२ जनाले लिए सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
kmc-free-camp-2080-08-27.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

ग्रीस नेपाल र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको भवनमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । 

जसमा ७७२ बिरामीले सेवा लिएका थिए । केएमसीका प्रबन्धक नारायण दाहालका अनुसार १६२ जनाले यूएसजी, १३७ जनाले ल्याब तथा ८३ जनाले ईसीजीसमेत गरेका थिए । 

२८ जनाको दाँत खोलिएको थियो भने ३९ जनालाई ओटी रेफर गरिएको छ । 

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले केएमसी र नोबेल मेडिकल कलेज सम्हालेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक हप्ताजसो केएमसीले निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ । 

अस्पतालमा समेत सस्तोमा सेवा दिइरहेको प्रबन्धक दाहालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ