arrow

सामाजिक विकृति फैलाएको आरोपमा दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
Pakau lakeside.jpg

पोखरा । पोखरामा सामाजिक विकृति फैलाएको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ३ घर भएका वर्ष ३१ का रोहित लामा भन्ने भगवान वम्जन र गोरखा सुलिकोट गाउँपालिका वडा नं. २ घर भएका वर्ष २१ का घुमिन्द्र घले रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका अनुसार पक्राउ परेका बम्जन पोखरा-६ खहरेस्थित जुसेरी क्याफेका म्यानेजर हुन् भने घले फ्रिडम क्याफेका कर्मचारी हुन् ।

उनीहरुलाई सोमबार राति ११ बजे पक्राउ गरिएको हो । लेकसाइड खहरे क्षेत्रमा सञ्चालित क्याफेहरुमा पर्यटक तथा स्थानीय ग्राहकलाई मनोरञ्जनको नाउँमा कानून विपरित नशालु पदार्थ सेवन गराएर समाजमा होहल्ला, अशान्ति र विकृति फैलाउने गरेको भन्ने स्थानीयको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुगेर कानून विपरितका कार्य नगर्न, नगराउन सचेत गराउँदा उल्टै प्रहरीमाथि अपशव्द प्रयोग गर्दै वादविवाद गरेपछि पक्राउ गरिएको प्रहरीको दावी छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा पहिलोपटक पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ