arrow

ओखलढुङ्गामा पहिचानवादीले जलाइदिए एमालेको गेट, आठ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
CPN-UML-Flag.jpeg

विराटनगर । नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । झुलाघाट– चिवा भञ्ज्याङ संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।  

एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् । 

ओखलढुङ्गा, खोटाङ लगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । 


सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ