arrow

एमाले कोशीको सम्पर्क कमिटीमा घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
nawaraj-ghimire-uml-koshi.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी गणेश दाहाललाई पराजित गरी घिमिरे कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा बिमल काफ्ले, सचिवमा सुरज काफ्ले, उप–सचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित भएका हुन् ।

त्यस्तै ४४ सदस्यहरु पनि निर्वाचित भएका छन् । यस्तै खुल्ला महिला आठ जना, समावेशीबाट पाँंच जना पनि निर्वाचित भएका छन् । यसअघि अधिवेशनको उद्घाटन पार्टीको बुद्धिजीवी परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ