arrow

प्रचण्डलाई दश किलोको माला लगाइदिएर राखियो १० बुँदे माग 

logo
 सुनिल आउजी, 
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
prachanda-2080-08-22.jpg

धनगढी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० किलोको माला र १० बुँदे माग पत्र पेश गरिएको छ । शुक्रबारदेखि शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो । 

सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन् । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ।

शुक्रबार महोत्सवको १७ औँ संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ। सो अवसरमा अध्यक्ष कुँवरले अहिलेसम्म सरकारले निजी क्षेत्रले अघि सारेका १० वटा मागबारे कुनै प्रक्रिया अघि बढाउन नसकेको बताए ।

सेती प्रादेशिक अस्पतालमा आईसीयू स्थापना, क्षेत्रीय खेलकुद रंगशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाई भइसकेको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्र तथा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउने बुँदाहरु आंशिक रुपमा सरकारले सुनुवाइ गरेको अध्यक्ष कुँवरले बताए।

संघले गौरीफण्टा नाकाको स्तरोन्नति गरिनु पर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघाडी जस्ता पर्यटकीय क्षेत्रको प्रबर्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रसोधन केन्द्र, शित गृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सवै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक, चिसापानीदेखि गड्डाचौकी सम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रशारण केन्द्र र सुदूरपश्चिम सांस्कृतिक संग्राहलय लगायतका १० बुँदे माग पत्रमा उल्लेख  गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ