arrow

तीस प्रतिशतले बढ्यो रेमिट्यान्स 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो । 

विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ । 

चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु।५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु।९९ अर्ब ७ करोडले बचतमा रहेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो । 

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा रु।१६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ