arrow

पशुपतिनाथ आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
pashupati-2080-04-01.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको छ । 

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागू हुने जिप्रका काठमाडौँले सूचना जारी गरी जनाएको छ । 

यो नियम आजदेखि एक साता लागू हुनेछ । सो अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागू हुनेछ । 

यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ