arrow

अवैध रूपमा ल्याएको १६ सय ५० किलो चिनी बरामद

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० मंसिर २० बुधबार
sugar-illegal-2080-08-20.jpg

काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका ९ मंगलटार प्रहरी चेक पोष्टले अवैध चिनी बरामद गरेको छ । बुधबार बिहान ८ः३० बजे प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा खटिएको  प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा संखुवासभा खादबारीबाट काठमाडौँतर्फ जाँदै गरेको गरेको बाप्र ०३–००१ ख १९६६ नं को बस चेकजाँच गर्ने क्रममा अवैध चिनी बरामद गरिएको हो । 

उक्त बसको हुट र डिकीमा  अवैध रुपमा लुकाइछिपाइ ल्याएको  ३३ बोरा (करिब १६५०किलो) बराबरको चिनी बरामद गरिएको र उक्त बससँगै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ