arrow

विदेशमा कार्यक्रम विस्तार गर्दै केयू, हङकङको थ्राङगुसँग दुई सम्झौता

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० मंसिर २० बुधबार
ku-hk-2023.jpg

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकस्थित नमोबुद्ध बुद्धिष्ट मेडिटेशन शिक्षा केन्द्र र हङकङमा अवस्थित थ्राङ्गु वज्रयाना बुद्धिष्ट मेडिटेशन केन्द्रबीच आगामी फेब्रुअरी २०२४ देखि बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी दुई समझदारी पत्रमा हस्ताक्षर भएका छन् । 

यी संस्थाबीच भएको समझदारीपत्र (मेमोरेन्डम अफ अण्डरस्ट्याण्डिङ्ग) मा काठमाडौँ विश्वविद्यालय केयूका ग्लोबल इन्गेजमेन्ट डिभिजनका कायमुकायम निर्देशक डा. उद्वव प्याकुरेल र नमोबुद्धस्थित गुम्बाका प्रतिनिधि खेन्पो चोंङ्गीले हस्ताक्षर गरेका थिए । 

प्राज्ञिक कार्यक्रम संचालन गर्ने सन्दर्भमा भएको अर्को सम्झौता (डेफिनिटिस एग्रिमेन्ट) मा स्कुल अफ आर्टस का कायममुकायम डिन एक्कुमाया पुन र हङकङस्थित थ्राङ्गु बुद्धिष्ट मेडिटेशन केन्द्रका निर्देशक सेम्पो लामा दावा हिटीले हस्ताक्षर गरेका छन् । 

उपकुलपति प्राडा भोला थापा, विश्वविद्यालयका सल्लाहकार प्राध्यापक पन्ना थापा, योजना विभागका कायममुकायम निर्देशक डा बिराज थापा, डा. राम लामा लगायतको उपस्थितिमा नमोबुद्धमा आयोजित उक्त हस्ताक्षर तथा सम्झौता आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उपकुलपति प्रा थापाले दलाई लामाको तस्बिरका समीपमा बसेर सम्झौता गर्दैगर्दा थुप्रै सम्झौता गरिन्छ तर कार्यान्वयनमा गर्न सकिएला कि नसकिएला भनेर पनि गम्भीर हुन परेको बताए । 

“युवापुस्ताले पुराना पुस्तालाई विश्वास गर्छ कि गर्दैन, अनि हामीले गरेका कर्मले उनीहरुको भविष्यलाई जोड्ला कि नजोड्ला भन्नेमा चिन्तन गर्ने अवस्था आएको छ”, उनले थपे । 

औपचारिक र अनौपचारिक शिक्षाको विषयको बहसबारे बोल्दै अहिलेको अवस्थाले कुन औपचारिक र कुन अनौपचारिक शिक्षा भन्नेमा यकिन गर्न गाह्रो भएको बताउँदै गुम्बाले जस्तो सेवा दिएको छ, उस्तैउस्तै कार्य गरिरहेका विश्वविद्यालय शिक्षामा यो प्रकारको फरक बुझाइ कति सान्दर्भिक छ भनेर पनि प्रश्न गर्ने बेला भएकोमा उनको जोड थियो । 

गुम्बाले जनजीवनसँग जोडिएर जुन कार्य गरिहेको छ त्यो विश्वविद्यायलयले आज गर्न नसकेको परिस्थितिमा गुम्बामार्फत् औपचारिक शिक्षाको ढोका खोल्ने संयुक्त प्रयासका लागि यस प्रकारका सहकार्य भइरहेको बताएका थिए । 

यस सम्झौतासँगै काठमाडौँ विश्वविद्यालयले आफ्ना कार्यक्रम हङकङमा शुरु गर्ने वातावरण तयार भएको विश्वविद्यालयकी प्रवक्ता तथा डिन पुनको भनाइ छ । 

विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण गर्ने उद्देश्य अनुरुप वर्तमान उपकुलपति प्राडा भोला थापाले पदभार ग्रहण गरेसँगै आफ्ना कार्यक्रम देश बाहिरका शहरमा पनि लैजाने वातावरण तयार गरिरहेकोमा गत अगस्त महिनादेखि काठमाडौँ विश्वविद्यालयको स्नातक तहको योगिक साइन्स एण्ड वेल विइङ्गको कार्यक्रम भारतको तिरुपतिमा शुरु गरेको  र आगामी फेब्रुअरीबाट अस्ट्रेलियाको सिड्नीमा पनि शैक्षिक कार्यक्रम शुरु गर्नेगरी अगाडि बढिसकेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ