arrow

गुफा पस्दै दुई सय लामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
monk.JPG

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-५ तालढुङ्गामा बौद्ध धर्मावलम्बी ‘लामा’हरू (कुन्छाम्¬) गुफा बस्ने भएका छन् । 

खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा धेदुङको आयोजनामा यही मङ्सिर २९ गतेदेखि करिब दुई सय लामाहरू गुफा बस्न लागेका हुन् ।

विषेशगरी शान्ति र अहिंसाको प्रार्थनाका लागि लामाहरू डेढ महिना गुफा बस्न लागेको संस्थाका अध्यक्ष वीरबहादुर वाइबा जानकारी दिए । 

उनका अनुसार गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट करिब दुई सय लामा आउनेछन् ।

ताल्ढुङ्गामा यही मङ्सिर २९ गते गुफा कार्यक्रमअन्तर्गत शुभारम्भ भएसँगै भोलिपल्ट लामागुरू खेन्पोसेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ । 

उनीका अनुसार शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा सांस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने छ । 

यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पुर्याउनुका साथै बौद्धधर्म, कला-संस्कृतिको संरक्षण, संवर्द्धन र विकाससँगै समस्त लामाको हक-हित, भाषा, लिपि, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो एकरूपता र सरल पार्ने विषयमा बृहत् छलफल हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ