काठमाडौँ । टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदैछ ।
चार वटा मुद्दाको आज एकै पटक सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुन लागेको हो ।
यसअघि गत मङ्सिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मङ्सिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।
कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।