निगमका प्रवक्ता भन्छन् - ईयूको कालो सूचीबाट नेपाल नहट्नुमा हाम्रो दोष छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
1k
Shares
काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन युनियन (ईयू) ले कालोसूचीबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।
ईयूको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालो सूचिबाट नहट्नुमा निगम जिम्मेवार रहेको भन्नेमा आपत्ति जनाउँदै निगमका प्रवक्ता रमेश पौडेलले यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले ईयूको सो प्रतिवेदन नेपालको समग्र हवाई उडान क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न नमिल्ने तर्क गरे ।
उनले निगमको कमजोरीलाई ईयूले औँल्याएर नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको भए नेपालका अन्य वायुसेवा प्रदायक संस्थाहरूले ईयूबाट अडान अनुमति पाउने प्रावधान रहेको स्मरण गराए ।
प्रवक्ता पौडेलले ईयूको कालो सूचिबाट नेपालको हवाई उडान क्षेत्रलाई हटाउनका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्नेमा आवश्यक पनि औँल्याए ।
ईयूले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई उडानको क्षेत्रलाई फेरि पनि कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । प्रवक्ता पौडेलले त्यो अडिट रिपोट समग्र नेपालको हवाई उडान क्षेत्रको भएकाले त्यसमा निगमको कमजोरीले भएको भन्न नमिल्ने बताए ।