arrow

अपाङ्गतामैत्री नीति,नियम र कानून बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
jwala-aapanga.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति,नियम र कानून बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आइतबार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरूको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधार मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले प्रोत्साहन गर्ने गरी नीति नियमहरू बनाउने तयारीमा रहेको बताए । उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरूको एजेन्डाहरूलाई सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए । 

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्गतामैत्री सार्वजनिक बस,सडक र पुलहरू बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको बताए । मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भीर भएर लागि रहेको बताए । उनले सरकारले बनाउने १६ औँ योजनामा पनि अपाङ्गता भएकाहरूको माग सम्बोधन गरिने बताए।

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारा सहित प्रभातफेरी गरेको छ । प्रभातफेरीमा विभिन्न सङ्घसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ