arrow

कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
kmc-2080-08-16.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीले कीर्तिपुरमा निःशुल्क स्वास्थ्य सेवा दिएको छ । सक्रिय युवा समूह र ग्रिन भ्याली सेकेन्डरी स्कुलको आयोजनामा सो स्कुलमा आयोजना भएको निःशुल्क शिविरमा ५६४ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

ती बिरामीमध्ये ७५ जनाको ईसीजी, १०३ जनाको ल्याब परीक्षण, ९७ जनाको अल्ट्रासाउन्ड, ९ जनाको दाँत उखेलिएको थियो । 

४३ बिरामीलाई ओटी रेफर गरिएको छ । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि अस्पतालले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ