arrow

पात्लेखेतमा गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
accident-final-1618290232.jpg

काभ्रेपलाञ्चोक । आज बिहानै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ११ पात्लेखेतस्थित वीपी राजमार्गमा गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । 

बिहान ६ः१० बजे भकुन्डेबेशीबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ च ८५९२ नंको योदा गाडीले पैदलयात्रु पात्लेखेत बस्ने अन्दाजी ५० वर्षे यमुनाप्रसाद धिताललाई ठक्कर दिँदा उपचारको लागि धुलिखेल अस्पताल पठाएकामा ६ः५५ बजे नै चिकित्सकले मृत घोषणा गरेका थिए । 

उक्त स्थानमा काभ्रेभञ्याङबाट दामोदार ओझाको कमाण्डमा र जिल्ला प्रहरी कार्यालयबाट अनिलकुमार बैठाको कमाण्डमा १७ जनाको टोली खटिएर गएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ