arrow

धुलिखेल अस्पतालमा विपद् पूर्वतयारी सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
dhulikhel-hospital-2080.jpg

काभ्रेपलाञ्चोक । विपद्को बेलामा हुने जोखिमको पूर्व तयारीमा अस्पतालहरुले के कसरी काम गर्ने र व्यवस्थापकीय तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्यको क्षेत्रमा विपद् पूर्व तयारी तथा व्यवस्थापन सम्बन्धी पहिलो सम्मेलन हुने भएको छ ।

अन्तर अस्पतालबीच सञ्चार र समन्वय गर्ने उद्धेश्यले अस्पतालले प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो। धुलिखेल अस्पतालका ईमर्जेन्सी विभागकी डा. सम्झना बस्नेतका अनुसार सम्मेलन शुक्रबारबाट तीन दिनसम्म चल्नेछ । 

सम्मेलनमा डाक्टर र स्वास्थ्यकर्मी गरी भारतका दश जना र नेपालभित्रका ५० शैया भन्दा माथिका अस्पतालहरुबाट गरी करिब १३० देखि १४० जनाको सहभागिता रहने बस्नेतले बताइन् ।

विपद्को बेलामा प्रभावकारी सञ्चार र समन्वय नहुँदा नै मानिसको ज्यान जाने भएको कारण त्यससम्बन्धी सम्मेलनले अनुभव आदान प्रदानदेखि नयाँ सीप सिक्न सम्मेलनले भूमिका खेल्ने अपेक्षा गरेको छ ।

धुलिखेल अस्पतालका सञ्चार प्रमुख डाक्टर सुमनराज ताम्राकारले सम्मेलनमा विपद्को क्षेत्रमा काम गर्ने अमेरिका, भारत, अस्ट्रेलिया र मलेसियाका विज्ञहरुबाट प्रशिक्षण दिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ