arrow

बोलेरोले तीन मोटरसाइकलाई ठक्कर दिँदा छ जना घाइते

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० मंसिर १४ बिहिबार
accident-2080-08-14-kavre.jpg

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–७ चौकी डाँडास्थित बीपी राजमार्गमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । 

बिहीबार दिउसो २ः४० बजे काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेका तीन ओटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पूर्वतर्फ जाँदै गरेको प्र. २ –०२–००१ च ०८२८ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बाप्र०२–०४५ प ५४३० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो । मोटरसाइकलमा सवार ६ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । सबै सवारी साधन र बोलेरो चालक प्रहरी चौकी कटुन्जेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ