arrow

एसका बैतडी इन्चार्ज र अध्यक्ष एमालेमै फर्किए, कांग्रेसकी सरस्वतीले छाडिन् पार्टी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
narendra-bista-mahadev-bhatta-baitadi.jpg

बैतडी । नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज र अध्यक्षलगायत नेकपा एमालेमा फर्किएका छन् । एमालेले आजबाट शुरू गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन्  ।

बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, जिल्ला नेतृहरू पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन ।

यसैगरी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षसमेत रहिसकेका रमेश कोली एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर उनीहरूलाई पार्टीमा स्वागत गरे । जिल्ला इन्चार्ज, अध्यक्ष, जिल्लाका नेताहरू एमालेमा फर्किएपछि बैतडीमा नेकपा एस रित्तिएको एमालेले दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ