arrow

वीपी राजमार्गमा बसले मोटरसाइकल छोइएर एकको मृत्यु

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० मंसिर १४ बिहिबार
accident-final-1618290232.jpg

काभ्रेपलान्चोक । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका ११ डालावेशीमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहान १० बजे काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०२–०२४ प ४०९२ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको थियो । 

सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नं को बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साइडको चक्काले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी काठमाडौँ महानगरपालिका ११ की ६१ वर्षीया विन्दा गिरी घाइते भएकी थिइन् ।

उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

दुर्घटनामा परी विन्दाका श्रीमान् मोटरसाइकल चालक ६१ वर्षका ज्ञानराज गिरी घाइते भएका छन् । 

उनको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ