arrow

केपी ओलीलाई १०१ नम्बरको गाडीः कहिले दुर्गा प्रसाईले घुमाए कहिले अमीत लामाले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
kp-oli-durga-prasai-gadi.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले शुरुमा खरिद गरेर किनेको हाल युवा संघका उपाध्यक्षले किनेको गाडी प्रयोग गरेका छन् । 

झापामा रहँदा होस् वा ओली पूर्वमा घुम्दा होस् प्रसाई सोही गाडीमा हालेर ओलीलाई घुमाउने गर्थे । अहिलेको यात्राको क्रममा पनि त्यही गाडी प्रयोग भएको पाइएको छ । 

‘एउटा बलियो गाडी खोजी हुँदा युवा संघका उपाध्यक्ष अमीत लामाले खरिद गरेको गाडी रहेछ त्यही प्रयोग भएको छ’,एमालेका एक नेताले भने । 

‘प्रदेश ३–०१ २४ च र १०१ नम्बरको गाडी दुर्गा प्रसाईको हो । शुरुमा त्यही गाडीमा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवै नेताहरुले प्रयोग गरेका थिए’, स्रोतले भन्यो । 

तर त्यो गाडी युवा संघका उपाध्यक्ष अमीत लामाले प्रसाईसँग लिएको र पछि संकल्प यात्रामा पनि त्यही गाडी प्रयोग गरिएको छ । 
 
टोयोटा कम्पनीको त्यो ल्याण्डक्रुजर भी ऐट गाडी विगतमा अध्यक्ष ओलीले मात्र नभएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चढ्ने गरेका थिए  । 

एमालेको जारी यात्रा बैतडीको झुलाघाटदेखि पाँचथरसम्म चल्नेछ । सो यात्रा पहाडी क्षेत्रको पुष्पलाल राजमार्गमा हुँदैछ । 

‘पाँच करोड रुपैयाँ हाराहारी पर्ने यो गाडी दुर्गा प्रसाईको हो । त्यही गाडी युवा संघका उपाध्यक्षले प्रसाईसँग नामसारी गरेर किनेको देखिन्छ’, एमालेका एक नेताले भने । 

आज बिहानबाटै सोही गाडी प्रयोग भएको छ । अभियान उद्घानको क्रममा ओली सोही गाडी चढेर कार्यक्रमस्थल पुगेका थिए । 

बिहीबार बिहान बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा शुभारम्भ गर्दै ओलीले झुलाघाटबाट शुरु  गरिएको यात्रा पूर्वको चिवाभञ्ज्याङमा पुगेर पुस १ गते टुंगिने बताए  । 

ओलीले यात्रामा सारा नेपालीको खुसीयाली र साथ सहयोग देखेर आफूलाई खुशी लागेको बताएका थिए । पार्टीका सबै नेता तथा जनवर्गीय संगठनका नेता लगायतले आफ्नो ठाउँमा सक्रिय भूमिका निर्वाह गर्ने ओलीले विश्वास व्यक्त गरे  । 

उनले सबैलाई आफ्नो ठाउँमा भूमिका निर्वाह गर्न पनि आग्रह गरेका थिए । अहिलेको सरकारको अकर्मण्यता, देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक बन्दै गएको राजनीति सबै कुरालाई सही बाटोमा ल्याउन यात्राले चिन्तन, मननदेखि व्यवहारिक योजना निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ