arrow

विवाहमा कुटपिट, एकको मृत्यु, सात जना नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
Lamki_Chuha_Nagarpalika.png

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए । 

उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोश अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो ।

 कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित सात जनालाई नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ