arrow

एमालेको मध्यपहाडी लोकमार्ग यात्रा भोलिदेखि, तीन सातामा ४० साना–ठूला सभा, अनुशासन कडा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने जनाउँदै लोकमार्गमा कम्तीमा ४० ओटा साना ठूला सभा गर्ने भएको छ । 

विकास र समृद्धिको लागि एमालेले पार्टीले मध्यपहाडी लोकमार्गको यात्राले समृद्धिको आधार तय गर्ने भन्दै ४० ओटा साना ठूला सभा गर्ने भएको हो । 

तीन सातासम्म जारी रहने पदयात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया पनि गर्ने भएको छ ।

 ‘यो राष्ट्रिय अभियान हो । १० ओटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने छ । यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानहरूसँग गर्छौ र समृद्धिका अन्य पाटाहरू पनि पहिचान गर्छौँ’, एमाले प्रचार विभाग राजेन्द्र गौतमले भने । बिहीबार मंसिर १४ गते बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्माले उक्त यात्राको उद्घाटन गर्नेछन् ।

संकल्प यात्रा नाम दिएको सो अभियानमा एमालेले सहभागीहरुलाई १५ बुँदे आचारसंहिता समेत जारी गरेको छ मध्यपहाडी यात्रामा अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुले निजी सुरक्षा गार्ड प्रयोग गर्न नपाउने भएका छन् । 

कार्यकर्ता र जनताको बीचमा यात्रा गरिने भएकोले नेताहरुलाई असुरक्षाका अनुभूति नहुने र व्यवस्थापनको बोझसमेत घट्ने भएकाले निजी सुरक्षाकर्मी यात्रामा लैजान नपाउने विधि बनाइएको छ ।

मंसिर ६ गतेको केन्द्रीय कमिटीम केन्द्रीय कार्यालयबाट पेश गरिएको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अवधारणामा व्यवस्थापनका विविध विधिहरु पास गरिएको थियो । 

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार नेताहरुका सवारी साधनका अतिरिक्त चार ओटा विशेष टिमहरु यात्रामा तय गरिएको छ । जसमा एम्बुलेन्स सहितको मेडिकल टिम, टायर पञ्चरलगायत सवारी साधनमा आउने मेकानिकल समस्या समाधान गर्ने प्राविधिक टिम साथमै हुनेछ । 

यसैगरी प्रचारको टिम र न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चार ओटा गाडीहरु हुनेछन् । लामो यात्रा, कतिपय ठाउँमा साँघुरो बाटो भएको र कोही बिरामी भइहालेको खण्डमा आफैँसँग एम्बुलेन्स हुँदा बिरामीलाई उपचारका लागि लैजान सहज होस् भनेर यसो गरिएको एमालेले जनाएको छ । 

यसैगरी यात्रामा रहेका धेरै गाडीहरु हुने र बीचमा कुनै गाडीमा समस्या आएमा स्थानीय मेकानिक्सलाई बोलाउन समय लाग्ने भएकोले आफ्नो टिममा नै आफैँसँग मेकानिक्स टिम सहभागी गराइने प्रमुख गौतमले जानकारी दिए । 

यात्राका क्रममा केन्द्रीय टोलीमा संलग्न नेताहरुले सवारी साधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्ने भएको छ । यसैगरी यात्रामा निस्कने नेताहरुले आफूले नियमित सेवन गर्ने औषधि, न्याना कपडा, स्लिपिङ ब्याग, ड्राइ फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नु पर्नेछ ।

प्रमुख गौतमका अनुसार यात्राका क्रममा स्थानीयहरुसँगका छोटा भेटघाटमा गुनासो सुनुवाइ गर्ने क्रममा अध्यक्ष ओली, सुरक्षाकर्मी र केही स्वयंसेवक बाहेक अरु नेता तथा कार्यकर्ताहरु गाडीबाट ओर्लन नपाइने भएको छ ।

नेतृत्वले जनतासँग गर्ने संवादमा अवरोध पुर्याउने नपाइने, औपचारिक कार्यक्रममा पनि तोकिएका नेता बाहेक हरुले मञ्चमा भीडभाड गर्न नपाउने विधि तय गरिएको छ । यात्राका क्रममा खानपिन, बोलीचाली, र आचरणमा मर्यादा कायम गर्नुपर्ने, स्थानीय भाषा, संस्कृति, परम्परा र चालचलनको सम्मान गर्नुपर्ने विधि बनाइएको छ ।

पार्टी केन्द्रीय कमिटीमा वितरीत अवधारणा पत्रमा उल्लेख भए अनुसार यात्रामा जानेहरुले जनताको दुःख सुखमा सहभागी हुने र स्थानीय कमिटीले गरेको व्यवस्थापन अनुरुप चल्नुपर्ने छ । 

यात्राको फोटो खिच्न उछिनापाछिन गर्न नपाइने, प्रोटोकलको पालना गर्नुपर्ने विधि केन्द्रीय कमिटीले पास गरेको छ । प्रमुख गौतमका अनुसार यात्रालाई अनुशासित, मर्यादित, मितव्ययी र प्रभावकारी बनाउन यात्रामा सहभागी सबै नेताहरुलाई लागू हुने गरी यो विधि केन्द्रीय कमिटीबाट पास गरिएको हो । 

एमालेले स्थानीयबासीहरुसँग संवाद गर्न ,मध्यहाडका समस्या सुन्न र समाधानको पहल गर्न मंसिर १४ गते २१ दिन लामो मध्यपहाडी यात्रा तय गरेको हो । बैतडीको झुलाघाटबाट शुरु हुने यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुस २ गते समापन हुनेछ ।

अभियानमा क्रममा मुख्य सभा हुने स्थान 
१, बैतडी – गोठालापानी

२,दिपायल – अमरगढी

३, अछाम – मंगलसेन

४, दैलेख – राकम

५, सुर्खेत –सुर्खेत बजार

६, रुकुमकोट – वामी टक्सार

७, पर्वत –कुश्मा

८, गोरखा – सुन्दरबजार

९, नुवाकोट –विदुर

१०, काभ्रेपलाञ्चोक – मण्डन

११, दोलखा – चरिकोट

१२, ओखलढुंगा – हर्कपुर

१३, तेह्रथुम – वसन्तपुर

१४, पाँचथर– फिदिम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ