arrow

छिटोभन्दा छिटो काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउने मन्त्रीको प्रतिबद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
mahendra-raya-water.jpg

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् । 

काठमाडौँवासीले सो पानी एक हप्ता भित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उनले मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको पनि बताए । 

मन्त्री यादवले फेरि उपभोक्ता, टेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौँ ल्याउने काममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिए ।

उनले भने, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर यो पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाडौँको जनतालाई पानी खुवाउँछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ