arrow

रसुवाको गौकुण्डमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
kmc-rasuwa-2080-08-12.jpg

रसुवा । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले रसुवाको गौकुण्ड गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

गौकुण्ड गाउँपालिका ३ को गौतमबुद्ध माविमा वाइपेन यूएन प्रोजेक्ट नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ७५३ जनाको स्वास्थ्य जाँच गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

शिविरमा १०१ जनाको ईसीजी, १२७ जनाको अल्ट्रा साउन्ड, १२२ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै १३ जनाको दाँत खोलिएको र ४४ जनालाई थप उपचारका लागि सिफारिस गरिएको दाहालले जानकारी दिए ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले केएमसी सम्हालेपछि अस्पतालले निरन्तर सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँगाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ