arrow

डा. युवनिधि टेकु अस्पतालको निर्देशकमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
dr-yubanidhi-basaula-teku.jpg

काठमाडौँ । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौलालाई नियुक्त गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन् । शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेर बसौलालाई नियुक्त गरिएको हो । 

यसअघि कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका बसौलालाई टेकुको जिम्मेवारी दिइएको हो । पछिल्लो तीन महिनायता उनी वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।



नयाँ