arrow

कम्मर माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
nepal-police12.jpg

मकवानपुर । मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । 

आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
    
उनका अनुसार उक्त स्थानमा गत मङ्सिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो ।

 उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो । 

सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

ती पुरुषको शव हाल हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 



नयाँ