arrow

के यो दुर्गा प्रसाईकै गाडी हो जसमा ओली र प्रचण्ड पनि चढेका थिए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
durga-prasai-vehicle-2080.jpg

काठमाडौँ । प्रदेश ३–०१ २४ च १०१ नम्बरको गाडी दुर्गा प्रसाईको हो होइन ठोकुवा छैन । तर त्यो गाडी युवा संघका उपाध्यक्ष अमित लामाले प्रसाईसँग लिएको बजारमा व्यापक हल्ला चलेको छ । 

टोयोटा कम्पनीको त्यो ल्याण्डक्रुजर भी ऐट गाडी विगतमा नेकपा एमालेका अध्यक्ष ओलीले मात्र नभएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चढ्ने गरेको बताइए पनि यकिन चाहिँ छैन । 

यद्यपि यो गाडीको बारेमा एमाले वृत्तमा एकाएक चर्चा पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो मंसिर १४ गतेदेखि समृद्धिका लागि संकल्प यात्राको क्रममा यो गाडी चढ्ने तय भएपछि चर्चा बढेको हो । 

सो यात्रा बैतडीको झुलाघाटदेखि पाँचथरसम्म चल्नेछ । सो यात्रा पहाडी क्षेत्रको पुष्पलाल राजमार्गमा हुँदैछ । 

यात्राका लागि एमाले अध्यक्षलाई युवा संघका उपाध्यक्ष लामाले यो गाडी उपलब्ध गराउने भएपछि एमाले मुख्यालयमा चर्चा चलेको हो ।

 ‘पाँच करोड रुपैयाँ हाराहारी पर्ने यो गाडी दुर्गा प्रसाईंको हो त्यही गाडी युवा संघका उपाध्यक्षले प्रसाईसँग नामसारी गरेर किनेको देखिन्छ’, एमालेका एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ