arrow

कांग्रेस–एमाले जाजरकोटमा, प्रचण्ड ठूलो टिमसहित सरकारी खर्चमा दुबई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
earthquake-j-2080-l.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भूकम्पले जाजरकोट र पश्चिम रुकुम थिलोथिलो भएको बेला राष्ट्रपति रामचन्द्र पौडेलले विदेश भ्रमण रोके । उनी भूकम्प पीडितलाई भेट्न गए । उनले विदेश भ्रमण रोकेकोमा आम सर्वसाधारणले प्रशंसा गरेका थिए ।

तर यही मेसोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधबार संयुक्त अरब इमिरेट्सको दुबई जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् । 

मंसिर १४ गतेदेखि २६ गतेसम्म हुने सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको नेतृत्व गर्दैछन् । टोलीमा प्रधानमन्त्रीसहित वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो, वन तथा वातावरण सचिव दीपककुमार खराल, अर्थ सचिव कृष्णहरि पुस्कर, प्रधानमन्त्रीका स्वकीय सचिवद्वय गङ्गा दाहाल र रमेश मल्ल, प्रधानमन्त्रीको विकास व्यवस्थापन तथा वातावरणविद् सल्लाहकार डा. पपुलर जेन्टल भुसाल टोलीमा हुने छन् । 

अन्य धेरै सरकारी कर्मचारी र सञ्चारकर्मीहरु सरकारी खर्चमा त्यहाँ पुग्दैछन् । जबकि मुलुकमा भूकम्पको विपत्ति कायमै छ । 
 
विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु भूकम्प पीडितलाई अस्थायी घर टहरा निर्माण गर्न जाजरकोट र रुकुम पश्चिम पुगेका छन् । नेपाली कांग्रेस र एमालेका कार्यकर्ता एक महिने अभियाननै लिएर त्यहाँ पुगेका छन् । 

सरकारी राहतले मात्र पुगेन भनेर दलगत रुपमै पीडितको पुगेको अवस्थामा भने प्रधानमन्त्री दाहालले भने करोडौँ खर्च गरेर विदेश भ्रमणमा जान लागेका हुन् । 

राज्य कोषबाट करोडौँ खर्च गरेर उनीमात्र जान लागेका छैनन् दर्जन भन्दा बढी सरकारी कर्मचारी भ्रमण भत्ता मिलाएर कोप–२८ मा जान लागेका हुन् । यसअघि पनि दर्जनौँ सरकारी कर्मचारी विदेश भ्रमणमा पुगेर फर्केका छन् । 

आर्थिक वर्ष २०८०–८१ को बजेट भाषणमै विदेश भ्रमणलाई निरुत्साहित गर्ने उल्लेख थियो । तर स्वयं सरकारका प्रधानमन्त्री नै विदेश भ्रमण तारन्तर गइरहेका छन् । 

भारत, अमेरिका, चीन लगायतका मुलुक पुगेर प्रधानमन्त्रीले करोडौँ रुपैयाँ खर्च गरिसकेका छन् भने पुनँ दुबई जाँदा पनि राज्यकोषको करोडौँ रुपैयाँ सकिएको छ ।

 ‘राज्यकोषको रकम विदेश भ्रमण गरेर खर्च गर्नेमा सबैभन्दा पहिला प्रधानमन्त्रीकै नाम आउने गरेको छ’, प्रधानमन्त्री कार्यालयका एक सचिवले भने । 

अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको थियो । 

अझ अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डको खर्च भने झन् बढी भएको मन्त्रालय स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ