arrow

मैदान खाली, सडकमा श्राप [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
yubasangh-2080-08-07o (4).jpeg

काठमाडौँ । एमाले निकट युवा संघ नेपालले काठमाडौँको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । 

उनीहरुले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । त्यतिमात्र होइन उनीहरुले सरकारलाई त श्राप दिइरहेका छन् नै बल्खुमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको शक्ति प्रदर्शनलाई पनि गाली गरेका छन् । 

युवा संघका कार्यकर्तामाथि बल्खुमा प्रसाई समूहले गरेको आक्रमणपछि अझ कडा भएर युवा संघ प्रस्तुत भइरहेको छ । 

युवा संघले तीनकुनेमा विरोध सभा गर्ने भनेसँगै जोकसैले पनि तीनकुनेको खाली मैदानमा कार्यक्रम हुने सोचेका थिए । पक्कै पनि त्यो क्षेत्र सफासुग्घर हुने परिकल्पना गरेका थिए । तर उक्त मैदान सुनसान रहेर सडकमै कार्यक्रम गरेर राजधानी ठप्प पारियो । 

त्यो क्षेत्र काठमाडौँ ३२ मा पर्दछ । वडाध्यक्ष एमालेकै हुन् । तर त्यो मैदानलाई सफासुग्घर गरेर केही बोटबिरुवा लगाउन उनले कहिल्यै जाँगर चलाएनन् । केन्द्रमा रहेको जग्गालाई उजाड बनाउन धेरैथोरै उनको पनि हात रहेको भन्दै स्थानीयहरुले भने उनीमाथि नै आरोप लगाउँछन् । 
 

yubasangh-2080-08-07o (5).jpeg
yubasangh-2080-08-07o (6).jpeg
yubasangh-2080-08-07o (7).jpeg
yubasangh-2080-08-07o (8).jpeg
yubasangh-2080-08-07o (9).jpeg
yubasangh-2080-08-07o (1).jpeg
yubasangh-2080-08-07o (2).jpeg
yubasangh-2080-08-07o (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ