arrow

युवा संघ र दुर्गा प्रसाई समूहबीच झडप, शान्त बन्दै बल्खु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
agitation-2080-08-07.jpg

काठमाडौँ । नेकपा एमाले निकट युवा संघका कार्यकर्ता चढेको मोटरसाइकलमा दुर्गा प्रसाई नेतृत्वको समूहले आक्रमण गरेको छ । बल्खुमा उक्त समूहले मोटरसाइकलमा ढुंगा प्रहार गरेको हो । 

प्रसाई समूहले तीनकुने आउन लागेको मोटरसाइकल र्यालीमाथि ढुंगा प्रहार गरेपछि केही बेर दुवै पक्षबीच हानाहान भएको थियो । 

दुर्गा प्रसाईं समर्थकको जुलुस कालीमाटीबाट बल्खुतर्फ आउँदै थियो । प्रसाई समूहको जुलुस विभिन्न ८ ठाउँबाट आएर बल्खुमा भेला भएको छ । 

अहिले भने बल्खुको स्थिति सामान्य बनेको छ ।  केहीबेर तनावग्रस्त बनेको स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

युवा संघको विरोध सभा भने तीनकुनेमा चलिरहेको छ । 

उक्त दुई कार्यक्रमका लागि करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ