arrow

सुरक्षा व्यवस्था कडा

दुर्गा प्रसाई समूहले आठ ठाउँबाट जुलुस निकाल्ने, युवा संघसँग नाकाहरूमा मुठभेड हुन सक्ने

बल्खुमा हुने कार्यक्रममा पुग्नका लागि आठ ठाउँबाट जुलुश निकालिने गरी कार्यतालिका सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
yuba-sangh-ranke-julus.jpg
तस्बिर – युवा संघको राँके जुलुस ।

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले बिहीबार आठ ठाउँबाट प्रदर्शन गर्ने गरी कार्यक्रम तय गरेको छ । 

बल्खुमा हुने कार्यक्रममा पुग्नका लागि आठ ठाउँबाट जुलुश निकालिने गरी कार्यतालिका सार्वजनिक गरेको हो । धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने गरी बिहान १० बजेबाट प्रर्दशन शुरु गरिने भएको हो । 

परीक्षा नियन्त्रण कार्यालय बल्खु अगाडिको खुला चौर, भक्तपुर सानोठिमी, गंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, त्रिवि प्रवेशद्वार अगाडि र चाबहिलबाट जुलुश निस्कने गरी कार्यतालिका सार्वजनिक गरेको हो । 

एमाले निकट युवा संघले पनि बिहीबार नै कार्यक्रम गर्दैछ । संघले मंगलबार र बुधबार साँझ  मशाल जुलुश प्रदर्शन गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई बल्खु र युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ । 

तर दुवै समूहका समर्थकबीच उपत्यकामा भित्रिने नाकाहरूमा मुठभेड हुन सक्ने सुरक्षा निकायको आशंका छ । चारवटै सुरक्षा निकायको संयुक्त बैठकपछि उपत्यकामा भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ