arrow

मानव अधिकार आयोगले बिहीबारको प्रदर्शनको अनुगमन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
National-Human-Rights-Commission.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । 

बुधबार स्वतन्त्र कानून व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन् । 

व्यवसायी प्रसाईं र युवा संघले गर्ने भनिएको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै मञ्चले आयोगलाई ज्ञापनपत्र बुझाएपछि अध्यक्ष मगरको सो प्रतिक्रिया आएको हो । 

अध्यक्ष मगरले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ