arrow

गाजामा तत्काल युद्धविराम गर्न इजिप्टका राष्ट्रपतिको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
abdel-fattah-el-sisi.jpg

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देलफत्ताह अलसीसीले गाजामा तत्काल युद्ध विरामको आवश्यकता र प्यालेस्टाइनीहरूलाई राहत सहायता पुर्‍याउने विषयमा आफ्नो देशको अडानलाई जोड दिएका छन् । 

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग कायरोमा भएको भेटमा उनले यस्तो बताएका हुन् । 

बैठक गाजा विरुद्ध इजरायल युद्धको पछिल्लो घटनाक्रममा केन्द्रित थियो । जहाँ अल–सिसीले इजिप्टको सम्बन्धित प्रयासहरूको समीक्षा गरेका थिए । 

इजिप्टका राष्ट्रपतिले प्यालेस्टिनीहरूको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्र सङ्घको महासभाको प्रस्तावलाई अन्तर्राष्ट्रिय समुदायले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिए । 

यसबाहेक, दुवै पक्षले प्यालेस्टाइन समस्याको एक मात्र समाधान दुई–राज्य समाधानमा आधारित व्यापक र न्यायपूर्ण शान्तिमा निहित रहेकोमा सहमति जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ