arrow

मंसिर ७ का लागि सुरक्षा चुनौतीः माइतीघर मण्डलाको स्थान कसैलाई नदिने रणनीति

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
maitighar-mandala-xi.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेको जनसंगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईले ७ मंसिरका लागि काठमाडौँमा तोकेको कार्यक्रमका लागि प्रशासनले माइतीघर मण्डलाको स्थान उपलब्ध नगराउने रणनीति लिएको छ । 

आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा दुवै पक्षलाई माइतीघर मण्डलाको ‘स्पेस’ उपलब्ध गराउन प्रशासन असमर्थ रहेको जनाउ दिने तयारीमा रहेको छ । 

युवा संघले ७ मंसिरमा बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ । उता प्रसाईले पनि आफ्नो घर भक्तपुरलाई केन्द्र बनाएर व्यापक तयारी गरिरहेका छन् । 

शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिएर जिल्ला सुरक्षा समितिले माइतीघर मण्डलाको साटो अर्को कुनै ठाउँमा आग्रह गर्ने जनाएको छ । ‘हामीले वैकल्पिक स्थान चयन गर्नुस् भनेका छौँ’, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने,  ‘एक पटक आग्रह गर्दैछौँ ।’ 

युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै निवेदन दिइसकेको छ । युवा संघले करिब ३० हजार कार्यकर्ता काठमाडौँमा उतार्ने योजना बनाएको छ । 

त्यसको तयारीमा एमाले पार्टीले पनि निर्देशन दिएको छ । उता प्रसाईले पनि जिल्ला जिल्लाबाट मान्छे ओसार्ने भन्दै यातायात व्यवसायीलाई पैसा पठाइसकेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ