arrow

इजरेलले विद्यालयमा गरेको आक्रमणमा सयौं मारिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
isreal-drone-missile-2022.jpg

काठमाडौँ । इजरेलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ ।

स्रोतले सिन्ह्वालाई दिएको जानकारी अनुसार जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरेलले गरेको भीषण आक्रमणपछि कम्तीमा १०० जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ ।

स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो सङ्ख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।

यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौं विस्थापित हरू बसिरहेका र इजरेली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ