arrow

टिकटकको पहुँचमा रोक लगाउने निर्देशनको पूर्ण पालना गर्न सबै सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
TikTok-logo-720.jpg

काठमाडौँ । नेपाल दूरसञ्‍चार प्राधिकरणले सरकारले जारी गरेको निर्देशनअनुसार टिकटकको पहुँचमा रोक लगाउने निर्देशनको पूर्ण पालना गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । 

प्राधिकरणले सूचना जारी गर्दै मन्त्रिपरिषद्को २७ गतेको बैठकबाट “सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिइसकेको उल्लेख गरेको छ । 

तर केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको पनि प्राधिकरणको सूचनामा उल्लेख छ । 

प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसंचार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको पनि प्राधिकरणले भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ