arrow

जुवाको खालमा प्रहरीका सई पनि

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
nepal-police-logo_1618051596.jpg

काभ्रेपलाञ्चोक । धुलिखेलमा जुवाको खालमा नेपाल प्रहरीका सई पनि परेका छन् । उनी काठमाडौँमा कार्यरत हुन् । तर उनले आफू होटलमा खाजा खान जाँदा हुलमुलमा परेको प्रारम्भिक बयान दिएका छन् । धुलिखेल प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ । 

शुक्रबार अपरान्ह ४ बजे धुलिखेल नगरपालिका ४ स्थित युनिक भोजनालयको कोठा नं १०१ मा केही मानिसहरु जम्मा भइ जुवातास खेलिरहेको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रकहरुबाट प्राप्त भएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उक्त स्थानमा प्रहरी अधिकृतको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा तास खेल्ने जुवाखालबाट चार हजार रुपैयाँ बरामद भएको र जुवातास खेल्ने  १३ जना मानिसहरु नियन्त्रणमा लिई खानतलासी गर्दा सबैको साथमा भएको जम्मा गर्दा नेपाली रुपैयाँ चार लाख बयालीस हजार तीन सय पचास रुपैयाँ   बरामद भएको  र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ