arrow

राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
Dadeldhura-hamrakura.jpeg
तस्बिर – फाइल ।

डडेल्धुरा । डडेल्धुरामा राति १० बजे पछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पर्वलाई मर्यादित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।

प्रशासनले जारी गरेको सूचनामा पटाका, अतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न, वातावरणलाई असर पार्ने कृत्रिम फूलमाला प्रयोग नगर्न, जुवा, तास र खडगडे जस्ता क्रियाकलाप नगर्न पनि भनिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ