arrow

जाजरकोट भूकम्पको क्षतिप्रति बेलायती राजाबाट दुःख व्यक्त, आवश्यकताअनुसार सघाउन तत्पर  

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
king-charles-III.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन् । 

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन् । 

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तत्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ