arrow

राष्ट्र कमजोर पार्ने गतिविधिविरुद्ध लाग्नुपर्छ : पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
Shankar pokhrel.jpg

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन् ।

पार्टीको ललितपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको भेलामा उनले नेपाली समाजलाई विभाजित गरेर देशलाई कमजोर पार्ने प्रयास गरिएको बताए ।

समाजलाई जात-जातमा विभाजित गर्ने कार्य स्वीकार्य हुन सक्दैन भन्दै महासचिव भने, “सिङ्गो तराईलाई एउटा प्रदेशमा विभक्त गर्ने कुरा नेपाल राष्ट्रलाई कमजोर बनाउने कुरा हो । त्यो स्वीकार्य हुँदैन ।” 

उनले हिमाल, तराई, पहाड कोही छैन पराई भन्ने मान्यतालाई नेपाली राजनीतिमा स्थापित गरिएको बताए । 

नेपालको राष्ट्रिय हित रक्षा गर्न नेपाली नचुक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ