arrow

परिवारले यातना दिएको भन्दै भागेका पाँच किशोरीहरू प्रहरीको सम्पर्कमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
mahottari.png
तस्बिर – फाइल ।

महोत्तरी । महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् ।

घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरु घर फर्कन चाहेका छैनन्, हामी मेयरका घरमा जान्छौँ भनेका छन्’, किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने । 

घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए । 

आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ