जलेश्वरको सेवा कार्यालय हट्यो, सेवाहरू कोलेनिकामा सर्यो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
676
Shares
काठमाडौँ। नेपाल सरकारको पछिल्लो निर्णयअनुसार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको करदाता सेवा कार्यालय खारेज गरिएको छ। आन्तरिक राजस्व कार्यालय जनकपुरधामले एक सूचना जारी गर्दै उक्त कार्यालयको खारेजी र सेवा स्थानान्तरणबारे आधिकारिक जानकारी दिएको हो।
कार्यालय खारेज भए तापनि करदाताहरूले पाउँदै आएको सेवा भने नरोकिने भएको छ। आन्तरिक राजस्व कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार उक्त कार्यालयमार्फत हुँदै आएको कर सङ्कलन, विवरण दर्ता र अन्य करसम्बन्धी सम्पूर्ण कार्यहरू आजैका मितिदेखि कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका), जलेश्वर बाट सञ्चालन हुनेछन्।
सरकारले प्रशासनिक खर्च कटौती र सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय लिएको बुझिएको छ। अब जलेश्वरका करदाताहरूले आफ्नो करसम्बन्धी कामका लागि छुट्टै कार्यालय धाइरहनु पर्ने छैन।