arrow

एसिया कपमा नेपाल कठिन समूहमा, फेरि पनि पाकिस्तान र भारतसँग भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
u19-nepal-2023.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसियाली क्रिकेट परिषद् एसीसीले यू–१९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ । 

यूनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।

यसअघि सिनियर टिमको एसिया कपमा पनि नेपालले समूह चरणमा पाकिस्तान र भारतसँग नै खेलेको थियो । 

उमेर समूहमा पनि नेपालले पाकिस्तान र भारतलाई समूह चरणमै प्रतिद्धन्द्धी पाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ