arrow

केएमसीले जाजरकोट भूकम्पका घाइतेलाई निःशुल्क उपचार गर्ने, उद्धारमा टोली खटाउन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
kmc-kathmandu-medical-colle.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पले पश्चिम नेपाललाई आक्रान्त पारेको भन्दै घाइतेहरुको निःशुल्क उपचार गर्ने बताएकी हुन् । 

केएमसीका सल्लाहकार तथा मोरङ–३ का नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको सक्रियतामा भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गरिने प्रतिबद्धता गरिएको हो । 

साथै सरकारसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेकोसमेत केएमसीले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ