काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट १० क्विन्टल चिनी बरामद गरिएको छ । बिहीबार बिहान १० देखि अपरान्ह ४ः३० बजेसम्म काभ्रेको धुलिखेल ९ काभ्रेभञ्ज्याङ चेक पोष्टबाट उक्त परिमाणको चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
नेपाल प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङ गर्दा पूर्वको विभिन्न स्थानबाट आएका सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको १० क्विन्टल चिनी बरामाद गरिएको हो ।
सरकारले चिनी व्यवस्थापन गर्न नसक्दा अवैध रुपमा चिनी भित्रिरहेको छ । उपभोक्ता मारमा परेका छन् ।