सशस्त्र युद्धको बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
3.5k
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध शुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले माओवादी सशस्त्र युद्ध शुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् ।
माओवादी सशस्त्र युद्ध शुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिन आग्रह गर्दै उनले यदी बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै पारित गरेर देखाउन चुनौतीसमेत दिएका हुन् ।