arrow

डिशहोमले टी–२० विश्वकप छनोटको एकै खेलमा ५ विकेट लिएर शतक बनाउनेलाई २० लाख दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
dishhome-cricket-2080-07-16.jpg

काठमाडौँ । डिसहोमले आईसीसी टी–२० विश्‍वकप एसिया छनोट क्रिकेटमा नेपाली खेलाडीलाई उत्साह थप्नका लागि विभिन्न आकर्षक पुरस्कारको घोषणा गरेको छ । 

डिशहोमले विभिन्न सात विधामा पुरस्कार दिने घोषणा गरेको हो । अहिलेसम्म अन्यले जारी गरेको पुरस्कार भन्दा निकै माथि रहेर डिशहोमले एक खेलमा शतक बनाउने र ५ विकेट लिने अलराउन्डर खेलाडीलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । 

त्यस्तै एक खेलमा शतक बनाउने खेलाडीलाई १० लाख, ५ विकेट लिनेलाई ५ लाख तथा अर्धशतक प्रहार गर्ने र ३ विकेट लिने खेलाडीले १ लाख रुपैयाँ पाउने डिशहोमले जनाएको छ । 

त्यस्तै ३५ रन बनाउनेले ५० हजार र ३ क्याच या स्टम्पिङ गर्नेले ५० हजार रुपैयाँ पाउने छन् ।

सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले आज ओमानसँग समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । 

यसअघि नेपालले सिंगापुर र मलेसियालाई हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ