arrow

बुधबार मदिरा बिक्री वितरणमा रोक, अटेरी गरे कानूनी कारबाही 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
jamara.jpg
तस्बिर – फाइल ।

नेपालगञ्ज । बाँके जिल्लाभर एक दिन मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै बडादशैँको भोलिपल्ट अर्थात् बुधबार दुर्गा मूर्ति विसर्जन र्याली निस्कने भएकाले र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बुधबार बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपील गरिएको छ । 

सूचनाको बर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानून बमोजिम कारबाही गरिने उल्लेख छ । बाँकेमा बडादशैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पबित्र जलकुण्डरनदी घाटहरुमा विसर्जन गर्ने परम्परा छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले बडादशैँको भोलिपल्ट अर्थात् भोलि गरिने दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा निर्धारण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समय सीमा निर्धारण गरिएको जानकारी दिए । 

उनले दुर्गा भवानीको मुर्ती विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न गर्न अनुरोध गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ