भारतको पहिलो क्षेत्रीय द्रुत ट्रेन सेवा 'नमो भारत' प्रधानमन्त्री मोदीद्वारा उद्घाटन
एएनआई,
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
1.6k
Shares
नयाँ दिल्ली। भारतले शुक्रवार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन्। आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरेका छन्। रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ।
प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरू सँग कुराकानी गरिरहेको देखाइएको छ।
“भारतको पूर्वाधारमा एउटा महत्त्वपूर्ण विकास ! दिल्ली–मेरठ आरआरटिएस कोरिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने।
अधिकारीहरूका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिवारदेखि खुल्ला गरिने छ।