राजश्व छलि गरेर ल्याएको ४६ सय किलो चिनीसहित ट्रक नियन्त्रणमा
सरोजश्री अधिकारी,
प्रकाशित २०८० कार्तिक २ बिहिबार
3.7k
Shares
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यलय बनेपाबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा राजश्व छलि गरेर ल्याएको ४६ सय किलो चिनीसहित ट्रक नियन्त्रणमा लिएको छ ।
सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको धुलिखेल नपा २ बस्ने ३७ वर्षका राजु तिमल्सिनाले चलाएको ना६ ख ६२१९ नं को ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकभित्र राजश्व छलि गरी धानको बोराले छोपी लुकाई छिपाई गरी अवैध रुपमा ल्याएको ५० किलोको ९२ बोरा चिनी अ ५,९८,०००, (पाँच लाख अन्ठानब्बे हजार) र धान २८ बोरा अ ४२,००० (बयालीस हजार) मूल्यको फेला पारेको र उक्त चिनी खरिद गरेको निज चालक राजु तिमल्सिनासँग कुनै पनि कागजात नरहेको हुँदा अवैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ना ६ ख ६२१९ नं को ट्रक, उक्त चिनी र धान कानुनको रित पुर्याइ बरामद गरी, उक्त चिनी अवैध रुपमा राजश्व छलि गरी लिइ आउने राजु तिमल्सिनालाईसमेत पक्राउ गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।